9.4 C
Nepal
Monday, January 20, 2025

डेडिकेटेड फिडर र ट्रंक लाइनको बिजुली नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको भन्दै उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितको टोलिले प्रधानमन्त्रीलाई भेटेपछी दाहालले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी यस्तो निर्देशन दिएका हुन्।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्नु नत्र विद्युत आपूर्ति बन्द गरिनेछ भन्दै विद्युत प्राधिकरणले उद्योगहरुलाई भदौ १७ गते सूचना जारी गरेको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको आर्थिक संकटको समयमा उद्योग–व्यवसायहरु समस्यामा रहेकाले यसलाई जोगाउन बिशेष पहल गरिदिन आग्रह गरेका छन । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ’, अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन।’

कोभिड महामारीपछि उद्योग व्यवसाय सङ्कटग्रस्त रहेकोबेला उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायीलाई थप मार पर्ने र हतोत्सायी हुने महासंघको धारणा छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here