17.8 C
Nepal
Wednesday, February 5, 2025

सेयर ब्रोकरको कमिशन अब ०.३ प्रतिशत भन्दा बढी लिन नपाईने बनाइदै, छिट्टै लागु गर्ने तयारी

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने भएको छ । त्यसका लागि आबस्यक प्रकृया सुरु गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छलफल गरेर सुझाब सङ्कलन गरेका थिए ।

यस अघी माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम रहेकोमा अब देखी माथिल्लो सीमालाई ०.३० प्रतिशत र तल्लो सीमालाई ०.२५ प्रतिशत कायम गर्ने भित्री तयारी रहेको बुझिएको छ ।

ब्रोकर कम्पनीहरुले आफ्नो कमिशन घटाउने भए धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीले लिने कमिशन घटाउने, ब्रोकर लगानीकर्तालाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, तथा विभिन्न खालका एडभाइजरी सेवा सहजै दिनसक्ने व्यवस्था बोर्डले गरिदिएको खण्डमा प्रस्तावित कमिशत स्वीकार्न तयार देखिएका छन् ।

ब्रोकरले भने धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने हो भने, बोर्ड, नेप्से, सिडिएससीले लिने कमिशन पनि घटाउनु पर्ने सर्त राखेको छन ।
आफ्नो कमिसन घटाउने भए सबैले पाउने कमिशन घटाउनु पर्ने ब्रोकरहरुको माग रहेको छ ।

अहिले ब्रोकरको आम्दानीको स्रोत कमिशनमात्रै भएका कारण त्यसको विकल्प सबै ब्रोकरहरुले खोजिरहेको ती ब्रोकरको भनाइ छ ।

पछिल्लो केही समय सेयर कारोबार रकम बढ्दा सेयर लगानीकर्ताहरु ब्रोकर कमिशन बढी भयो । ब्रोकरहरु मात्र कमाएर मोटाए भनेर ब्रोकरलाई आरोप लागिरहेको छ । थोरै पुजिमा अत्याधिक कमाएको भन्दै ब्रोकर कमिसन घटाउनु पर्ने माग उठिरहेको थियो ।

तर ब्रोकरहरु भने आफु घाटामा रहेको बताईरहेका छन । कमिसनले मात्र हाल घाटामा रहेको भन्दै ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, अन्य विभिन्न खाले एडभाइजरी लगायत सेवा प्रदान गर्नका लागि बोर्डले आबस्यक सहयोग गर्नु पर्ने भन्दै ब्रोकरहरु धितोपत्र बोर्डसङ्ग कुरा राखिरहेका छन ।

तर लगानिकर्ता भने तल्लो सिमा ०.१० र माथिल्लो सिमा ०.२५ बनाउनु पर्ने माग गरिरहेका छन ।

सेबोन भने लगानिकर्ताको माग जस्ताको त्यस्तै पुरा गर्न तयारी छैन । बरु सेबोनले ब्रोकर कमिशनको माथिल्लो सिमा ०.३० प्रतिशत र तल्लो सिमालाई ०.२५ प्रतिशत कायम गर्ने तयारी गरेको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here