24.4 C
Nepal
Monday, September 16, 2024

१२ कम्पनीको २ अर्ब ६५ करोडको आईपीओ पाइपलाइनमा, कुन कुन कम्पनिको आइपिओ आउँदै छ ? हेर्नुस् पुरा जानकारी

विभिन्न १२ वटा कम्पनीले २ अर्ब ६५ करोड १४ लाख ८४ हजार ४०० रुपैयाँको जम्मा २ करोड ९६ लाख ८५ हजार ४८४ कित्ता सेयर आइपिओ निस्कासनका लागि पाइपलाइनमा रहेका छन ।

पाइपलाइनमा रहेका १२ मध्ये २ कम्पनिले बुक बिल्डिङ विधि र बाँकी १० वटाले अंकित मूल्यमा सेयर निष्कासन गर्ने निर्णय गरेका छन ।

आबेदन दिएकामध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आइपिओ निस्कासन गर्ने तयारी गरेका छन ।

रिलायन्स प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेन्जमा ७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा छ ।
यस्तै सर्वोत्तम सिमेन्ट प्रतिकित्ता ५०१ देखि ७५१ रुपैयाँसम्मको रेन्जमा २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा छ ।
उत्पादन तथा प्रशोधन समूहमा पर्ने दुवै कम्पनीले ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न लागेका हुन ।

यि दुवै कम्पनीले ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सेर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नु पर्नेछ ।

बाँकी सबै कम्पनिले अङ्कित मुल्य रु १०० मा आइपिओ निस्कासन गर्ने तयारी गरेका हुन ।

यस्तै सानिमा माई हाइड्रोपावरले १४ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कान्तिपुर टेलिभिजन नेटवर्कले अङ्कित मुल्यमा ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दैछ ।

हिम स्टार ऊर्जा कम्पनीले आयोजनाले ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, डिसहोम मिडिया नेटवर्कले अङ्कित मुल्यमा १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आईएमई लिमिटेडले अङ्कित मुल्यमा १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले अङ्कित मुल्यमा १४ लाख कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा छ ।

यस्तै एकर्ड फर्मास्युटिकल्सले अङ्कित मुल्यमा ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीले पनि अङ्कित मुल्यमै १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ ।

त्यसै गरी, ट्रेड टावरले अङ्कित मुल्यमा ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्नका लागि आबस्यक प्रकृया अगाडि बढाएको छ ।

दरमखोला हाइड्रो इनर्जी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नका लागि आबस्यक प्रकृया अगाडि बढाएको छ ।

बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएर पाइपलाइनमा रहेका कम्पनीहरुले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरबाट वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्याउने गरिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here