7.4 C
Nepal
Saturday, January 25, 2025

कालोसूचीमा परे १३ कम्पनी

विभिन्न १३ कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचिमा राखेको छ ।

१ वर्षका लागि कालोसूचिमा पर्ने कम्पनीहरुमा काठमाडौंको इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेर कन्स्ट्रक्सन प्रा।लि, बाँकेको बाबा इन्फ्रा प्रोजेक्ट प्रा।लि, पोखराको नव निर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स, काठमाडौंको यु।डी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, दोखलाको पुतलीकाठ निर्माण सेवा प्रा लि र चितवनको अर्विन्द्र कन्स्ट्रक्सन रहेका छन् ।

काठमाडौंको चुलीडाँडा निर्माण सेवा नामक कम्पनीलाई १ वर्ष ६ महिनाका लागि ,मकवानपुरको शिवालय बिल्डर्स र बिराटनगरको आज्ञा एण्ड कम्पनी प्रा।लिलाई दुई वर्षका लागि कालोसूचिमा राखिएको छ ।

यसै गरी,लागि कञ्चनपुरको गणपति कन्स्ट्रक्सनलाई तीन वर्षको लागि कालोसुचिमा राखिएको छ । त्यस्तै, भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट प्रा लि र काठमाडौंको जोशी बिज हाउस प्रा।लिलाई कालोसूचिमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचिमा राखेका यी कम्पनीहरुले कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्कामा भाग लिन पाउने छैनन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here