8.1 C
Nepal
Saturday, January 18, 2025

मिड सोलु हाइड्रोपावरको ६ लाख कित्ता आईपीओ आउँदै

मिड सोलु हाइड्रोपावर लिमिटेडले आगामी भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने निर्णय गरेको छ। कम्पनिले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिसकेको छ ।

त्यस्तै, कम्पनिले ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि , ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आबेदन दिने ब्यबस्था मिलाईएको छ । त्यस्तै बिक्री प्रबन्धकको वेभसाइटमार्फत पनि आवेदन दिन सकिनेछ। त्यसका लागि वेबसाइटमा गएर रितपूर्वक विवरण भर्नु पर्नेछ ।

कम्पनिको आइपिओ निष्काशन बन्द हुने अन्तिम मिती असोज १ गते तोकिएको छ तर माग अनुसार आवेदन नपरेमा असोज ११ गते सम्म समय थप गरिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here