12.8 C
Nepal
Monday, February 10, 2025

३ कम्पनीका हकप्रद आवेदन खुल्ला छन्, भर्न छुट्ला है!

हाल ३ कम्पनीहरु , अरुण काबेली पावर कम्पनी लिमिटेड , अपि पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद खुला रहेको छ।

हेर्नुस् ,कम्पनिहरु

अरुण काबेली पावर कम्पनी लिमिटेड (१:१)
अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रद सेयर भदौ ११ गते देखि खुला रहेको छ। कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनिको हकप्रद सेयर भर्नका लागि अन्तिम मिती भदौ ३१ गतेसम्म रहेको छ ।

मल्टीपर्पस फाइनान्स लिमिटेड (१:०.३५)
मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन खुला गरेको छ ।अर्थात फाइनान्सको १०० कित्ता सेयर भएका लगानीकर्ताले ३५ कित्ता सेयरका लागि आवेदन दिन पाउने छन्। फाइनान्सको अहिलेको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ। साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।कम्पनिको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

अपि पावर कम्पनी लिमिटेड (१:०.४०)
अपि पावर कम्पनी लिमिटेडले चौथो पटक हकप्रद निस्काशन गरेको छ । यस पटक अपिले ४० प्रतिशत हकप्रद सेयर निष्कासन हो । हकप्रद सेयर निष्काशन साउन ३१ गते बाट कम्पनीले १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यस कम्पनिको हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here