ढुसी परेको कोकाकोला बेच्नेलाई काठमाडौं महानगरपालिकाले डेढ लाख जरिवाना तिराएकाे छ।
महानगरपालिकाले पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
२ सय ५० मिलिलिटरको सिलबन्दी बिर्को भएको काेकाकाेला बोतलभित्र अखाद्य वस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खबर गरेका थिए।
खबर पाएपछी महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि निस्केका थिए। वितरकले लापरबाही गरेका भेटेपछी महानगरले कारबाही गरेको हो ।