काठमाडौं — प्रभु हेलिकप्टर लिमिटेड ले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २७ गते काठमाडौंको नागपोखरीस्थित अरण्य बुटिक होटलमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि सभामा रहेको छ।
सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषय समेत समावेश गरिएको छ।
यसैबीच, कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ६१ करोड २५ लाख रुपैयाँ बराबरको ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड मा अनुमति माग्दै निवेदन पेश गरिसकेको छ।




