सोल्टी होटलले सेयरधनीलाई नगद लाभांश वितरण सुरु गर्यो
काठमाडौं — सोल्टी होटल लिमिटेड ले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ।
कम्पनीको गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६.५७८९४७३७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामार्फत सेयरधनीहरूलाई वितरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मंसिर ५ गतेपछि आफ्नो बैंक खाता विवरण अद्यावधिक गराएका सेयरधनीहरूको लाभांश रकम पनि क्रमशः सम्बन्धित बैंक खातामै जम्मा गरिँदै जानेछ।
कम्पनीले सबै सेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक विवरण अद्यावधिक राख्न आग्रह समेत गरेको छ, ताकि लाभांश वितरणमा कुनै समस्या नआओस्।




