25.1 C
Nepal
Wednesday, March 18, 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १०% संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने

spot_imgspot_imgspot_img

काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी ले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत सेयर सर्वसाधारण (पब्लिक) सेयरमा रूपान्तरण गर्ने भएको छ।

यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले चैत १९ गते विशेष साधारण सभा आह्वान गरेको छ। चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारितका लागि सभा बोलाउने निर्णय गरेको हो।

सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे बस्नेछ।

सभाको अर्को महत्वपूर्ण एजेन्डाअनुसार, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक परेमा गरिने संशोधन, थपघट वा भाषिक परिमार्जनका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव पनि पेश गरिनेछ।

यस निर्णयले कम्पनीको सेयर संरचना परिवर्तन भई सर्वसाधारण लगानीकर्ताको सहभागिता थप बढ्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here