8.7 C
Nepal
Wednesday, January 21, 2026

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि आम सर्वसाधारणका लागि खुला

spot_imgspot_imgspot_img

काठमाडौँ — सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले यस चरणमा कुल ८२ लाख कित्ता साधारण सेयर जारी गरेको हो।

जसमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो आईपीओ छिटोमा माघ ४ गते र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १४ गतेसम्म निष्कासन खुला रहनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।

कम्पनीले यसअघि गत कात्तिक २४ गते प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोअनुसार पहिलो चरणमा मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ४ करोड १० लाख कित्ता सेयर निष्कासन गरिएको थियो।

पहिलो चरणको आईपीओ सफलतापूर्वक निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आजदेखि आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here