10.3 C
Nepal
Sunday, November 23, 2025

सुपर मादी हाईड्रोपावर लिमिटेडको १६ औं वार्षिक साधारण सभा पुस ४ गते हुने

spot_imgspot_imgspot_img

काठमाडौँ । सुपर मादी हाईड्रोपावर लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

५% बोनस सेयर र ०.२६४२% नगद लाभांश प्रस्ताव

आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीले सेयरधनीलाई

  • ५ प्रतिशत बोनस सेयर,
  • कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश
    वितरण गर्ने प्रस्ताव सभामा पेस गर्नेछ।

२ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुग्नेछ। उक्त पुँजीको आधारमा २ः१ अनुपातमा, रु. १०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।

वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र लेखापरीक्षक नियुक्ति

सभामा निम्न प्रस्तावहरुमा छलफल हुनेछ–

  • आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल र पारित
  • लेखापरीक्षकद्वारा प्रस्तुत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरुको पारित
  • आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण

बुक क्लोज मिति

कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म आफ्नो सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ।
यसअनुसार–

  • मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here