नेपाल राष्ट्र बैंकले बिभिन्न आर्थिक विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्ने भएको छ ।
राष्ट्र बैंकले छलफल कार्यक्रम बुधबार दिउँसो सवा ३ बजे होटल अलफ्टमा राखिएको छ ।
चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्नु अघी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको धारणा बुझ्नका लागि यो छलफल कार्यक्रम राखिएको बुझिएको छ ।
नियमित प्रकृतिको यो छलफलमा पछिल्लो आर्थिक अवस्था, राष्ट्र बैंकले नियमले पारेको असर, कर्जा असुलीको अवस्था लगायतका विषयमा जानकारी लिन यो छलफल राखिएको बुझिएको छ ।
छलफलमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर , रेगुलेसन विभाग प्रमुख, सुपरभिजन विभाग प्रमुख लगायतका राष्ट्र बैंकका उच्च अधिकारी सहभागी हुन लागेका छन । ।