21 C
Nepal
Monday, September 29, 2025

राष्ट्र बैंकले आज रु. १५.१३ अर्बको ट्रेजरी बिल बोलकबोल मार्फत नवीकरण गर्दै

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले आज १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल मार्फत नवीकरण गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र मंसिर १२ गते परिपक्व हुनेछन्।

आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट यो ट्रेजरी बिलको बोलकबोल हुनेछ।

यसमा सबैभन्दा बढी मूूल्य तोक्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमागत रुपमा बाँडफाँड हुने गर्दछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here