23.1 C
Nepal
Sunday, September 28, 2025

अन्तरबैंक ब्याजदर फेरि ६.५% पुग्यो

spot_imgspot_imgspot_img

अन्तरबैंक ब्याजदर एकैपटक साढे ६ पुगेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अगिल्लो दिनसम्म ०।५३ रहेको अन्तर बैंक ब्याजदर साउन २ गते एकैदिन अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत पुगेको थियो।

स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन बैंकिङ प्रणालीबाट एकैदिन ठूलो परिमाणमा निक्षेप बाहिरिएपछी अन्तरबैंक ब्याजदर पनि बढेको हो।

साउन २ गते बैंकिङ प्रणालीबाट एकैदिन ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो। यो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप घटेर ५६ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन साउन १ गतेसम्म बैंकिङ प्रणालीमा ५७ खर्ब ४३ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप ८१ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेप अघिल्लो दिनसम्म ५० खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा साउन २ गतेसम्म घटेर ४९ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ।

स्थानिय तहको खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई निक्षेपमा गन्न पाइने ब्यबस्था हटेपछी ठुलो मात्रामा रकम बाहिरिएको देखिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने साउन २ गतेसम्म ७ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन साउन १ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेर साउन २ गतेसम्म ४३ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४३ खर्ब १२ अर्ब रुपैयाँ थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here