20.6 C
Nepal
Thursday, September 19, 2024

उपेन्द्र यादवलाई कुर्दाकुर्दै स्थगित भयो सत्ता गठबन्धनको बैठक

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो । काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो ।

बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि आउन सकेनन् ।

जसपा प्रवक्ता सुमनले हवाई उडान डिले भएकाले अध्यक्ष यादव बैठकमा आउन नसकेको बताए । ‘आउन चाहँदाचाहँदै पनि उहाँ (उपेन्द्र यादव)आउन ढिला भयो, त्यसैले भोलि बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भयो,’ सुमनले भने ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here