19.9 C
Nepal
Sunday, September 28, 2025

प्रिमियममा भगवती हाइड्रोपारको आईपीओ बिक्री खुल्यो

spot_imgspot_imgspot_img

असार २४ गतेबाट प्रिमियममा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साउन ७ गतेसम्म आबेदन दिन सकिनेछ ।

यसैगरी जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्। उनीहरुले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिन सक्छ।

स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here