23.1 C
Nepal
Wednesday, October 23, 2024

जेठमा ब्याजदर स्थिर रहने

वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता दिने छन्।

ब्याजदर घटाएका बैंकको अवस्थामा पनि सुधार नदेखिएकोले ब्याजदर नघटाऊने निर्णय भएको हो ।
बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो । बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्ताबाट पैसा तान्न ब्याजदर बढाएका थिए।

गत माघमा एनबीएले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो। तर यसले राम्रो नतिजा दिएन ।

अहिले बैंकहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम छ।जेठमा ब्याजदर स्थिर हुने भएको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here