23.1 C
Nepal
Wednesday, October 23, 2024

राष्ट्र बैंकको निर्देशनपछि जाल्पा सामुदायिक लघुवित्तको लाभांस ७५ % बाट १५ % मा 

वैशाख २६ गते बसेको लघुवित्तको संञ्चालक समितिको बैठकले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश बितरणको प्रस्ताव गरेको हो ।

यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत लाभाँश प्रस्ताब गरेको थियो ।

लघुवित्तले लाभांश संशोधन गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्न लागेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here