19.4 C
Nepal
Friday, March 14, 2025

Breaking News:पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्व पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो केही दिनअघी बाहिरिएको थियो।

प्रहरीले त्यो अडियोमाथि अहिले अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here