22.8 C
Nepal
Monday, February 23, 2026

एशियन लाईफ इन्स्योरेन्स कम्पनी को १८औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

spot_imgspot_imgspot_img

एशियन लाईफ इन्स्योरेन्स कम्पनी को १८औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजा मा सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावअनुसार ५ प्रतिशतका दरले २५ करोड ५७ हजार ९६० रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर र ५.५२६३ प्रतिशत (लाभांश कर सहित) का दरले २७ करोड ६३ लाख ७९ हजार ८५० रुपैयाँ ९१ पैसा बराबरको नगद लाभांश वितरण गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरिएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ।

यसैबीच, साधारण सभाका निर्णय कार्यान्वयन गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here