22.5 C
Nepal
Wednesday, April 15, 2026

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि फागुन ५ गतेदेखि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो।

जारी गरिएको कुल सेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। सो अनुमतिअनुसार पहिलो चरणमा गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ।

इच्छुक लगानीकर्तालाई तोकिएको समयभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here