21.5 C
Nepal
Wednesday, November 19, 2025

सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश घोषणा, बोनस र क्यास दुबै

spot_imgspot_imgspot_img

सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको २३७ औं बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार सेयरधनीहरूले कूल २० प्रतिशत लाभांश पाउनेछन्।

कम्पनीले प्रस्ताव गरेको सो लाभांश आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूको खातामा वितरण गरिने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here