21.5 C
Nepal
Wednesday, November 19, 2025

सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५% लाभांश घोषणा

spot_imgspot_imgspot_img

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुल १०.३५८३ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ। कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण सम्बन्धी निर्णय गरेको हो।

बैठकका अनुसार सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर तथा ५.३५८३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यस्तै, सो लाभांश तथा वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृति लिएपछि आगामी २१ औं वार्षिक साधारण सभा (AGM) बाट अनुमोदन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here