कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ४ गते कम्पनीको प्रधान कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सर्वसाधारणमा आईपीओ जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदन, सम्पूर्ण वित्तीय विवरण र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।



 
                                    
