16.8 C
Nepal
Friday, October 31, 2025

मितेरी डेभलपमेन्ट बैंकको २०औं साधारण सभा मंसिर ६ गते, १०% नगद लाभांश पारित गर्ने प्रस्ताव

spot_imgspot_imgspot_img

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित २०औं वार्षिक साधारण सभा डाकेको छ । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले सभा र बुक क्लोज मिति तय गरेको हो।

बैंकको साधारण सभा मंसिर ६ गते बिहान ११ बजे धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा आयोजना हुनेछ। सभामा गत आर्थिक वर्ष (२०८१/८२) का लागि सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। यसका लागि आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत रहेको छ।

बैंकले गत आवमा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १ लाख रुपैयाँभन्दा बढी खर्च गरेको विवरण अनुमोदन गर्ने, आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने र आगामी आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।

यसबाहेक, सर्वसाधारण सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।


👉 मुख्य बुँदा:

  • साधारण सभा: मंसिर ६ गते, धरान
  • लाभांश प्रस्ताव: १०% नगद (करसहित)
  • बुक क्लोज: कात्तिक २३ देखि मंसिर ६
  • विशेष प्रस्ताव: अन्य बैंकसँग गाभ्ने/गाभिने
  • निर्वाचन: ३ जना सञ्चालक (सर्वसाधारण तर्फ)
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here