14.5 C
Nepal
Friday, October 24, 2025

पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति, २४१ मेगावाट थपिँदै

spot_imgspot_imgspot_img

काठमाडौं । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको संयुक्त उत्पादन क्षमता २४१.५० मेगावाट बराबर रहेको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म कुल २६६ जलविद्युत् आयोजनाले निर्माण अनुमतिपत्र प्राप्त गरेका छन्, जसको संयुक्त क्षमता १० हजार ८२५ मेगावाट पुगेको छ।

नयाँ अनुमति प्राप्त आयोजनाहरू

विभागले चालु आवको असोज मसान्तसम्म लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती–१ (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट)लाई निर्माण अनुमति दिएको हो।

सर्वेक्षण र निर्माण अनुमति प्रक्रियामा रहेका परियोजना

विभागले हालसम्म १८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। यस्तै, थप ५९ वटा आयोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, जसको संयुक्त क्षमता १० हजार ५३२ मेगावाट रहेको छ।

सौर्य ऊर्जा परियोजना

सौर्य ऊर्जातर्फ १२ आयोजनाले निर्माण अनुमति पाइसकेका छन्, जसको संयुक्त क्षमता ८४ मेगावाट रहेको छ। साथै, ३ वटा सौर्य परियोजनाले (कुल १५ मेगावाट) निर्माण अनुमतिका लागि आवेदन दिएका छन्।

अनुमति खारेज

विभागका अनुसार अनुमति लिएर पनि निर्माण कार्य अघि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको छ।

विभागले जारी गरेको विवरणअनुसार, चालु वर्षको पहिलो त्रैमासमै जलविद्युत् क्षेत्रमा उल्लेख्य प्रगति देखिएको छ, जसले आगामी वर्षहरूमा देशको ऊर्जा उत्पादन क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here