एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।
सभामा प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने र सर्वसाधारणलाई छुट्टाइएको सेयरमध्ये सम्बन्धित क्षेत्र र समूहलाई समेत सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आईपीओ जारी गरेपश्चात कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आईपीओ निष्कासनका लागि थप कुनै निर्णय वा कार्य गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा गत आवका वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण लगायतका अन्य विविध प्रस्तावहरु समेत पारित गरिनेछ ।