25 C
Nepal
Wednesday, October 15, 2025

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको साधारण लगानीकर्ताका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता शेयर जारी गरेको छ, जसको कुल मूल्य रु. २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको रहेको छ।

यस आईपीओमा सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता सेयर छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू मार्फत वा मेरोसेयरमार्फत अनलाइन पनि गर्न सकिन्छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो।

आज (असोज २९ गते) आवेदन दिने अन्तिम म्याद भएकाले लगानीकर्ताले समयमै आवेदन पेश गर्न आग्रह गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here