24.1 C
Nepal
Tuesday, October 14, 2025

ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज, कात्तिक २ गतेदेखि एकिकृत कारोबार

spot_imgspot_imgspot_img

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएका छन् । यी दुवै संस्थालाईलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।  

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि समाज लघुवित्तको मर्जर हुने अघिल्लो दिनसम्मको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामिण विकास लघुवित्तमा मिलान गर्नका लागि असोज २६ गते स्वीकृती प्रदान गरेको छ । दुवै संस्था गाभिएर ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट कात्तिक २ गतेबाट एकिकृत कारोबार सुरु गरिने भएको छ ।  

मर्जरपश्चात कायम हुने संस्थाको रजिष्टर्ड(प्रधान)कार्यालय बुटवल उप–महानगरपालिका–१० रुपन्देहीमा रहने छ । दुवै वित्तीय संस्थाको तथ्यांकलाई एउटै सफ्वेयरमा मिलान गर्नुपर्ने भएकाले कात्तिक १ गते दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने छ । 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here