15.6 C
Nepal
Thursday, November 13, 2025

सेयरबजारमा उत्साह : नेप्सेमा पोजेटिभ सर्किट

spot_imgspot_imgspot_img

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कारोबार खुल्नेबित्तिकै बजारमा तीव्र उछाल देखिएको छ। कारोबार सुरु भएको दुई मिनेटमै बजार ४ प्रतिशतले उक्लिएपछि नेप्सेमा पोजेटिभ सर्किट लागेको हो।

यससँगै बजार २० मिनेटका लागि स्थगित गरिएको छ। हाल नेप्से परिसूचक ४ प्रतिशत अर्थात् १०२.४१ अंकले बढेर २,६६२ बिन्दुमा रोकिएको छ। छोटो अवधिमा नै करिब २७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

अब बजार पुनः ११:२३ बजेबाट खुल्नेछ

विश्लेषकहरूका अनुसार नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सर्कुलरमार्फत सेयर धितो कर्जाको सीमा हटाउने निर्णयले लगानीकर्ताको मनोबल उच्च बनेको हो। बैंकहरूले सेयर कारोबारका लागि सहज व्यवस्था गर्न पाउने भएपछि बजारमा व्यापक उत्साह देखिएको छ।

धितोपत्र बजारका विज्ञहरूका अनुसार पछिल्लो सुधारात्मक नीतिले लगानीकर्तामा सकारात्मक सन्देश पठाएको र बजारमा ‘बुल ट्रेन्ड’ सुरु हुने संकेत देखिएको बताइन्छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here