25.4 C
Nepal
Friday, October 17, 2025

निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानीसम्बन्धी छलफल

spot_imgspot_imgspot_img

हालैको आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई तीव्र बनाउन नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग विशेष छलफल गरेको छ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा कम्पनीहरूले आन्दोलनका कारण क्षति बेहोरेका बीमितहरूलाई छिटोछरितो रूपमा दाबी भुक्तानी गर्नुपर्नेमा जोड दिएका छन्।

📌 

दाबी भुक्तानीमा मार्गदर्शन बमोजिम अघि बढ्न आग्रह

छलफलका क्रममा सुवेदीले भने,

“बीमकहरूले प्रारम्भिक सर्भे रिपोर्टको आधारमा दाबी भुक्तानी गर्दै जानुपर्छ, ताकि बीमितले राहतको अनुभूति गर्न सकून्। साथै, दाबी भुक्तानीको अवस्था सार्वजनिकरूपमा जानकारी दिनुपर्छ।”

उनले बीमक र पुनर्बीमक दुबैले बीमित तथा बीमकहरूलाई आवश्यक एडभान्स रकम उपलब्ध गराउनुपर्नेमा समेत जोड दिएका छन्।

🛡️ 

गलत तथ्याङ्कमा कारबाहीको चेतावनी

बीमा प्राधिकरणले दाबी र भुक्तानीसम्बन्धी तथ्याङ्क सही हुनु जरूरी भएको बताउँदै, गलत विवरण दिने बीमा कम्पनीहरूमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

सुवेदीले तरलता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्।

🏢 

बीमा कम्पनीहरूको प्रतिक्रिया: साना दाबी भुक्तानी सुरु

छलफलमा सहभागी अधिकांश बीमकहरूले आन्दोलनका कारण भएका साना दाबीहरूको भुक्तानी गर्न सुरु गरिसकेको जनाएका छन्।

ठूला दाबीहरूका लागि भने नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूको सक्रिय भूमिका आवश्यक रहेको बीमकहरूको भनाइ थियो।

उनीहरूले सर्भेयरहरूलाई फिल्डमा खटाईसकेको र सर्भे रिपोर्ट आउने क्रम जारी रहेको जानकारीसमेत दिएका छन्।

💬 

पुनर्बीमा कम्पनीको प्रतिबद्धता

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने,

“पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम छ। आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई शीघ्र रकम उपलब्ध गराइनेछ।”

👥 

कार्यक्रममा सहभागीहरू

छलफल कार्यक्रममा बीमा प्राधिकरणका निर्देशकहरू पूजन ढुङ्गेल अधिकारी, ध्रुब तिमिल्सिना, शाम्भराज लामिछाने, निर्मल अधिकारी लगायत

निर्जीवन बीमक, लघु बीमक र पुनर्बीमक कम्पनीका CEO हरूको सहभागिता रहेको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here