काठमाडौं । लगातार दोहोरो वृद्धीसँगै सुनको मूल्यले आज पुनः इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको हो।
अघिल्लो दिन सुनको कारोबार मूल्य २ लाख ३० हजार ६ सय रुपैयाँ थियो। त्यसअघि पनि सुनको मूल्यमा ७ हजार ४ सय रुपैयाँको उछाल आएको थियो। लगातारको वृद्धिपछि सुन अहिले सम्मकै उच्च दरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ९६० रुपैयाँ कायम गरिएको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनुका साथै मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावले सुनको माग बढेको हो। नेपालमा पनि सोही प्रभावका कारण सुनको मूल्य लगातार उकालो लागेको हो।
🔸 आजको दर (नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार):
- सुन (छापावाल): रु २,३३,१०० प्रति तोला
- सुन (तेजाबी): रु २,३२,५०० प्रति तोला
- चाँदी: रु २,९६० प्रति तोला
👉 लगातारको वृद्धि सँगै बजारमा सुन खरिद गर्ने चहलपहल घटेको देखिएको छ भने सुनचाँदी व्यवसायीहरूले मूल्य स्थिरता कायम गर्न सरकार र केन्द्रीय बैंकसँग सहजीकरणको माग गरेका छन्।