23.1 C
Nepal
Wednesday, October 23, 2024

दुर्घटनामा परेका चार हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ६० करोड भन्दा माथिको दाबी तिर्नु पर्ने

लगातार दुर्घटनामा परेका चार वटै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमै रहेको छ । चार वटा दुर्घटना मध्ये तीन वटा दुर्घटना मात्रै सञ्चार माध्यममा आए । तर हेलि एभरेष्टकै एउटा दुर्घटना भने सार्वजनिक भएन । उक्त दुर्घटनामा कम्पनीले साढे चार करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

आज दुर्घटनामा परेको सिम्रिक एयरको (9N-AKF) हेलिकप्टरको बीमा पनि सगरथामै रहेको छ । आज भएको दुर्घटनामा अहिलेसम्म एक जनाको मृत्‍यु भाईसकेको छ । यस भन्दा अगाडीका तीन वटै दुर्घटनामा पनि कुनै मानविय क्षति भएन । ह्याम्स हस्पिटलबाट भरतपुर उडानका क्रममा ‘टेल रोटर ब्लेड’ खुस्किएपछि एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यस्तै हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टर धौलागिरी आधार शिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

चार वटै बीमा साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गराएको थियो । मर्जर पछि सगरमाथा लुम्बिनी बन्नेको कम्पनीमा लगातार हेलिकम्पटरको दाबी आउने क्रम बढेको छ । लगातार दुर्घटनामा पर्दा कम्पनीले एक अर्ब भन्दा बढीको दाबी भुक्तानी गर्नु पर्ने अवस्था आएको छ ।
सगरमाथाले जति पनि हेलिकप्टरको बीमा गराएको छ ति सबैमा ०.२५ प्रतिशत मात्रै रिटेन्सन बोकेको छ । कम्पनीले एक प्रतिशत मध्ये आफुले ०.२५ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले ०.७५ प्रतिशत जोखिम बहन गर्ने गरेका अवस्था छ । बाँकी ९९ प्रतिशत जोखिम विदेशी पुनर्बीमा कम्पनीहरुले बहन गर्ने छन ।

एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टरको बीमाङ्क रकम ८ लाख अमेरिकी डलर अर्थात १० करोड ३९ लाख रुपैयाँ मध्ये ६ करोड भन्दा माथिको दाबी भुक्तानी गर्नु पर्ने प्रारम्भिक आकलन छ । हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टरको बीमाङ्क रकम भने २३ लाख डलर अर्थात २९ करोड ८७ लाख रुपैयाँ बराबरको रहेको छ । यो पुर्ण रुपमा क्षति भएकोले लगभग बीमाङ्क रकम हाराहारो दाबी भुक्तानी गर्नु पर्ने हुन सक्छ । दुबै दुर्घटनामा मानवीय क्षति भएन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here