20.7 C
Nepal
Tuesday, September 16, 2025

डा. सन्दूक रुइतद्वारा सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई सरकारमा सहभागी गराउने प्रस्ताव अघि सारेकी थिइन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग अन्तरिम मन्त्रिपरिषद् प्रवेशको सम्भावना बारे छलफलसमेत गरेकी थिइन् ।

तर, रुइतले अस्पताल र बिरामीलाई प्राथमिकता दिनुपर्ने कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेका छन् । उनले सरकारलाई बाहिरबाट सहयोग गर्ने तर पद ग्रहण नगर्ने स्पष्ट जवाफ दिएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा रुइतको नाम चर्चामा आए पनि उनले आफ्नो पेसागत जिम्मेवारीमै समर्पित रहने बताउँदै आएका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here