काठमाडौं । बैंकहरुले आज (बिहीबार)देखि काठमाडौं उपत्यकामा आंशिक सेवा सुचारु गरेका छन्। नेपाल बैंकर्स एशोसिएसन (एनबीए) को बिहीबार बिहान बसेको बैठकले नेपाली सेनासँग समन्वय गर्दै सुरक्षित ढंगले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेपछि बैंकका केही शाखा खुल्न थालेका हुन्।
शाखा खुल्ने व्यवस्था
निर्णयअनुसार हालका लागि काठमाडौंमा कम्तीमा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा २ वटा शाखा सञ्चालनमा आएका छन्। बैंकहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्नेछन्।
एनबीएले परिस्थिती सामान्य हुँदै गएसँगै शाखा संख्या र सेवा समय क्रमशः बढाउँदै लैजाने जनाएको छ।
उपत्यकाबाहिरको व्यवस्था
उपत्यकाबाहिरका शाखाहरु पनि स्थानीय प्रशासनसँगको सहकार्यमा सुरक्षा मूल्याङ्कन गरेर आवश्यकताअनुसार सञ्चालन गर्न सकिने निर्णय भएको छ।
पूर्णरुपमा खुलेका विभाग
आजदेखि बैंकहरुले अन्तर्राष्ट्रिय कारोबार, स्वीफ्ट, क्लियरिङ सेवा र आइटी विभाग पूर्णरुपमा सञ्चालनमा ल्याएका छन्।