20.7 C
Nepal
Tuesday, September 16, 2025

जेनजी आन्दोलनकारीको आक्रमणपछि देउवा दम्पत्तिको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं । जेनजी आन्दोलनकारीद्वारा मंगलबार बुढानीलकण्ठस्थित निवासमै निर्घात आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनीनिकट स्रोतले जनाएको छ।

आन्दोलनकारीहरूले देउवा दम्पत्तिमाथि घरभित्रै प्रवेश गरी कुटपिट तथा आक्रमण गरेका थिए। उक्त घटनापछि रगताम्य अवस्थामा रहेका देउवा दम्पत्तिलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल उद्धार गरी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो।

तर, सुरक्षात्मक कारण देखाउँदै उनलाई सैनिक अस्पतालबाट पनि सारेर सुरक्षित र गोप्य स्थानमा राखी उपचार भइरहेको बताइएको छ। स्रोतका अनुसार देउवा र उनकी पत्नी दुवै खतरामुक्त अवस्थामा छन् र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

यो घटनाले राजधानीमा मात्रै नभई देशभरको राजनीतिक वातावरणमा थप तनाव सिर्जना गरेको छ। सुरक्षाकर्मीहरूले आक्रमणमा संलग्न भएको आशंका गरिएका केही व्यक्तिलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here