28 C
Nepal
Monday, September 29, 2025

बिन्ध्यवासिनी हाइड्रोको नाफा २२ प्रतिशतले बढ्यो

spot_imgspot_imgspot_img

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार कम्पनीको नाफामा उल्लेखनीय वृद्धि भएको छ।

यो अवधिसम्म कम्पनीले ६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ करोड ९४ लाख रुपैयाँको तुलनामा २२.१२ प्रतिशतले बढी हो।

कम्पनीको विद्युत बिक्री आम्दानी समेत बढेको छ। अघिल्लो आवमा ३६ करोड ५३ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस आवमा बढेर ३८ करोड ८३ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीले यो अवधिमा १ करोड ७९ लाख रुपैयाँबराबरको अन्य आम्दानी पनि आर्जन गरेको छ।

खर्चतर्फ हेर्दा, कम्पनीको प्रशासनिक खर्च ५ करोड ७९ लाख रुपैयाँ र मर्मत तथा सम्भार खर्च २ करोड १९ लाख रुपैयाँ रहेको छ। वित्त खर्च अघिल्लो वर्षको १४ करोड १७ लाख रुपैयाँबाट घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ८ लाख रुपैयाँ र कुल चालु दायित्व ८ करोड ५९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ५.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.३७ रुपैयाँ र तरलता अनुपात १.१७ गुणा कायम भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here