20 C
Nepal
Monday, September 29, 2025

नेशनल लघुवित्तको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।  

तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here