27 C
Nepal
Wednesday, July 30, 2025

हिमालयन लघुवित्तको नाफामा उल्लेखनीय सुधार, ईपीएस २८.७० रुपैयाँ

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। संस्थाले सो अवधिसम्म ९ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा संस्थाले २० लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको थियो।

आम्दानीमा वृद्धि

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ५८.४९ प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड १५ लाख रुपैयाँखुद सञ्चालन आम्दानी ४० करोड ९७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको २४ करोड १८ लाख रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।

रिटेन्ड अर्निङ र रिजर्भ

अघिल्लो आवमा ६५ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको रिटेन्ड अर्निङ ६ करोड ३१ लाख रुपैयाँले धनात्मक भएको छ।
रिजर्भ पनि ९ करोड ७१ लाखबाट बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ। साथै, सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख रुपैयाँ छुट्टाइएको छ।

निक्षेप र कर्जा प्रवाह

समीक्षा अवधिसम्म संस्थाले १ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा अनुपात ३.४९ प्रतिशतबाट बढेर ५.३३ प्रतिशत पुगेको छ।

प्रमुख सूचकांक

  • वितरणयोग्य मुनाफा: ६ करोड ३१ लाख रुपैयाँ
  • वितरणयोग्य ईपीएस: १९.७६ रुपैयाँ
  • ईपीएस: २८.७० रुपैयाँ
  • मूल्य–आम्दानी अनुपात (P/E): ३५.३८ गुणा
  • नेटवर्थ: १४८.१६ रुपैयाँ
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: १,७७८.९५ रुपैयाँ
  • तरलता अनुपात: १३.४३ गुणा
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here