झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यस चरणमा कुल ४ लाख ३७ हजार २१९ कित्ता साधारण सेयर जारी गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट गत असार ३१ गते ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री सुरु गरेको हो।
आईपीओको सेयर संरचना
- प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दा (शिवसताक्षी नगरपालिका–४, आयोजना स्थल र १०० मिटर वरपरका बासिन्दा): १ लाख ९० हजार ९५ कित्ता
- अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दा (शिवसताक्षी नगरपालिका–४ का अन्य बासिन्दा): १ लाख ९० हजार ९५ कित्ता
- वैदेशिक रोजगारीमा रहेका नेपाली: ५७ हजार २९ कित्ता
आवेदन अवधि र सीमा
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
- आयोजना प्रभावित क्षेत्रको आईपीओ छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते बन्द हुनेछ।
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा साउन १८ र ढिलोमा साउन २८ गते बन्द हुनेछ।
आवेदन दिने स्थान
- आयोजना प्रभावित क्षेत्र: हिमालयन बैंकको देधे शाखा, दमक शाखा १ र २, सुरुङगा शाखा, माछापुच्छ्रे बैंकको सुरुङ्गा र दमक शाखा तथा झापा इनर्जीको आयोजनास्थल।
- वैदेशिक रोजगारीमा रहेका नेपाली: धितोपत्र बोर्डद्वारा स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र मेरो सेयर अनलाइन।
बिक्री प्रबन्धक
यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। पहिलो चरणपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्नेछ।