25.3 C
Nepal
Monday, September 29, 2025

आरम्भ चौतारी लघुवित्तको नाफा १३,७६५% ले वृद्धि , ९.४४ करोड पुग्यो

spot_imgspot_imgspot_img

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको ६ लाख ८० हजार रुपैयाँभन्दा १३,७६५.२९ प्रतिशतले बढी हो।

संस्थाको खुद ब्याज आम्दानी ३७ करोड २ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ३१.८९ प्रतिशतले वृद्धि हो। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड ५१ लाख रुपैयाँबाट बढेर ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी ४५ करोड ३८ लाखसञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ।

वितरणयोग्य मुनाफा र रिजर्भ

संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा ४ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको रिटेन्ड अर्निङ अहिले धनात्मक बनेको छ। तर, रिजर्भ १६ करोड ७४ लाख रुपैयाँबाट घटेर १५ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

निक्षेप र कर्जा प्रवाह

चौथो त्रैमाससम्म संस्थाले १ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खराब कर्जा र इम्पेयरमेन्ट

संस्थाको खराब कर्जा अनुपात ४.२१ प्रतिशतबाट घटेर २.१३ प्रतिशतमा झरेको छ। यस्तै, २ करोड ३८ लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ।

मुख्य वित्तीय सूचकांक

समीक्षा अवधिसम्म संस्थाको ईपीएस २५.७२ रुपैयाँ, नेटवर्थ १५६.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,६७३.८० रुपैयाँ, मूल्य–आम्दानी अनुपात ४२.२८ गुणा, र तरलता अनुपात ३.०७ प्रतिशत रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here