27 C
Nepal
Wednesday, July 30, 2025

हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ लाखभन्दा बढी आवेदकलाई सेयर वितरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको फलो-ऑन पब्लिक अफर (एफपीओ) बाँडफाँड सम्पन्न भएको छ। आज बिहान ९ बजे राजधानीको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बैंकको एफपीओमा कुल १८ लाख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। तीमध्ये १ लाख १९ हजार ६११ आवेदन बदर गरी १७ लाख ६ हजार ३११ आवेदन सदर भएका छन्।

सदर भएका आवेदकहरुमध्ये ९ लाख २५ हजार ४६ जनालाई सेयर वितरण गरिएको छ। उनीहरुलाई प्रत्येकलाई १० कित्ताका दरले कुल ९२ लाख ५० हजार ४६० कित्ता सेयर बाँडफाँड गरिएको हो। बाँकी रहेको ९ कित्ता सेयर ९ जनाले १–१ कित्ताका दरले पाएका छन्।

बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँ दरमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गरिएको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here