सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आवमा वितरण गरेको पुरानो नगद लाभांश- बोनस सेयर र हकप्रद सेयर बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
कम्पनीले हालसम्म उक्त नगद लाभांश रकम प्राप्त गर्न बाँकी सेयरधनीहरुको विवरण कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले आफ्नो वेभसाईटमा उक्त नगद लाभांश वितरण हुन नसक्नुको कारणसहित राखेको हुँदा सोही अनुसारको विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी लाभांश रकम समयमा नै प्राप्त गर्न आग्रह गरेको छ ।
यस्तै विभिन्न आवहरुमा वितरण गरेको बोनश सेयर र हकप्रद सेयरको प्रमाणपत्र संकलन गरी उक्त सेयर प्रमाणपत्र अभौतीकिकरण गर्न समेत बैंकले आग्रह गरेको छ । साथै, भौतिक रुपमा कायम सेयरधनीहरुको हकमा आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरे पश्चात् मात्र नगद लाभांश हितग्राही खातामा उल्लेख गरेका बैंक खातामा पठाउने व्यवस्था मिलाईएको हुँदा आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका सेयरधनीहरुले यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ ।
साथै हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक र वित्तीय संस्थाको खाता अध्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका सेयरधनीहरुले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अध्यावधिक गराई समयमा नै आफ्नो लाभांश प्राप्त गर्न सकिने समेत कम्पनीले जनाएको छ ।