23.1 C
Nepal
Sunday, September 28, 2025

राजस्व संकलनमा ११.३३ प्रतिशतको वृद्धि, अघिल्लो वर्षको तुलनामा १ खर्ब २० अर्बले बढ्यो

spot_imgspot_imgspot_img

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब २० अर्ब रुपैयाँ बढी हो, जसअनुसार ११.३३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा यो वर्षको संकलन दर उत्साहजनक देखिएको छ।

लक्ष्यभन्दा थोरै कमी, तर सन्तोषजनक संकलन

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सुरुमा १४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन लक्ष्य राखेको थियो। तर अर्धवार्षिक समीक्षा पश्चात सो लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब रुपैयाँ बनाइएको थियो।
संशोधित लक्ष्यअनुसार हेर्दा कुल संकलन ९१.६० प्रतिशत मा सीमित रह्यो।

यस वर्षको लक्ष्य १३ खर्ब १५ अर्ब

चालू आर्थिक वर्ष २०८२/०८३ मा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले लक्ष्यअनुसार नीति, कर संरचना र संकलन प्रविधिमा सुधार गर्दै अघि बढ्ने जनाएको छ।

पछिल्लो १० वर्षको राजस्व संकलन विवरण:

आर्थिक वर्षराजस्व संकलन (रु. खर्बमा)
२०७१/०७२४.०५ खर्ब
२०७२/०७३४.८१ खर्ब
२०७३/०७४६.०९ खर्ब
२०७४/०७५७.२६ खर्ब
२०७५/०७६८.२९ खर्ब
२०७६/०७७७.९३ खर्ब
२०७७/०७८९.३५ खर्ब
२०७८/०७९१०.६६ खर्ब
२०७९/०८०९.५७ खर्ब
२०८०/०८११०.५८ खर्ब
२०८१/०८२११.७८ खर्ब
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here