27.1 C
Nepal
Thursday, September 19, 2024

१६ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने धितोपत्र बोर्डको निर्णय (नामावलीसहित)

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । सोमबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये १६ कम्पनीलाई आशयपत्र दिएको छ ।

अहिले बजारमा ५० वटा कम्पनीले कारोबार गरिहेका छन् । १६ वटा ब्रोकर कम्पनीले आशयपत्र पाएसँगै ६६ कम्पनीले कारोबार गर्ने भएका छन् ।

आज आशयपत्र पाउने कम्पनीहरु निम्न छन् :

१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी _स्टक डिलर)
२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here