29.3 C
Nepal
Wednesday, July 23, 2025

नेशनल लघुवित्तले प्रिमियम दरमा एफपीओ ल्याउने

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले अब प्रिमियम दरमा एफपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले अंकित मूल्यमै एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रस्ताव पेश गरेको थियो। तर, हाल कम्पनीले उक्त प्रस्ताव परिमार्जन गरी प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्न दोस्रोपटक आवेदन पेश गरेको हो।

नयाँ प्रस्तावअनुसार कम्पनीले प्रतिकित्ता २७० रुपैयाँ ४९ पैसाको दरले एफपीओ निष्काशन गर्ने तयारी गरेको छ। यस अन्तर्गत ६ लाख ६९ हजार ९ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ।

कम्पनीले एफपीओ निष्काशनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि शेयर निष्काशन प्रक्रिया सुरु हुनेछ। एफपीओ निष्काशन प्रक्रिया व्यवस्थापनको जिम्मेवारी आरविवि मर्चेन्ट बैंकलाई दिइएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here