आरविवि म्युचुअल फण्ड अन्तरर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आज वैशाख १७ गतेदेखि बिक्रीमा आएको छ। प्रति इकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको हो
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधानहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।
योजनको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।