20.1 C
Nepal
Wednesday, June 25, 2025

अभियान लघुवित्तले असार ३० गते पाँचौं वार्षिक साधारण सभा गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ। असार ७ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित ताम्राकार पार्टी भेन्युमा दिउँसो १२:३० बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत हुने छन्।
नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ।
कुनै अन्य ‘घ’ वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पारित गरिनेछ।

त्यस्तै, २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनेछ।
साथै, २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण४ जना संस्थापक सञ्चालकको निर्वाचन सम्बन्धी प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here