काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सोमबार एक सूचना प्रकाशित गर्दै १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी गराएको हो।
संस्थाका अनुसार सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात र प्रमाणसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ। आवेदन काठमाण्डौको सितापाइलामा रहेको संस्थाको सम्पर्क कार्यालयमा पेश गर्न सकिनेछ।
सेयरको न्यूनतम मूल्य फरक-फरक बिक्रीका लागि फरक-फरक तोकिएको छ। संस्थाका अनुसार न्यूनतम मूल्य क्रमशः प्रतिकित्ता ३२० रुपैयाँ, ३२५ रुपैयाँ, ३४० रुपैयाँ र ३२० रुपैयाँ तोकिएको छ।
तोकेको समयसीमा भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।